कास्कीको रुपामा अध्यक्ष कप भलिबल प्रतियोगिता, उपाधि राशी १ लाख ५० हजार
पाेखरा | फागुन १, २०८०
पोखरा: कास्की रुपा गाउँपालिकाले स्थापना दिवसमा अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबलसँगै विविध कार्यक्रम गरेर मनाउने भएको छ ।
गाउँपालिकाले आज (मंगलबार) पोखरामा पत्रकार सम्मेलन गर्दै स्थापना दिवस फागुन २४ देखि २७ गतेसम्म कार्यक्रम गरी मनाउने जानकारी दिएको हो ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता,झाँकी प्रदर्शनी र माला प्रतियोगिता आयोजना गरेको बताए ।
‘हामीले गाउँपालिका स्थापना दिवस फागुन २४ देखि २७ गतेसम्म विविध कार्यक्रम आयोजना गरेर मनाउँदै छौं’, अध्यक्ष ओझाले भने, ‘स्थापना दिवसमा भलिबल प्रतियोगिता देखि, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न झाँकी प्रदर्शनी, माला प्रतियोगितासँगै रुपा रत्न पुरस्कार वितरण गरेर मनाउँदै छौं ।’
उनका अनुसार फागुन २४ देखि सञ्चालन हुने अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुषभलिबल प्रतियोगिताको विजेताले १ लाख ५०, उपविजेताले ८० हजार, तेस्रो हुने टिमले ४० हजार र सान्त्वना हुने टिमले २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही २÷२ हजारसहित ट्रफि प्राप्त गर्नेछन् ।
यस्तै कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकाले स्थापना दिवसमा विभिन्न जातजातिको झाँकी प्रदर्शन प्रतियोगिता समेत आयोजना गरेको छ । रुपा गाउँपालिकास्तरीय झाँकी प्रदर्शन प्रतियोगितामा ३५ जनाको समूहमा ५ जना ३० वर्र्षको भन्दा कम उमेरको अनिवार्य हुनुपर्ने अध्यक्ष ओझाले बताए ।
झाँकी प्रदर्शन प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना हुनेले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै माला प्रतियोगिताको विजेताले ६ हजार, उपविजेताले ४ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
गाउँपालिकाले प्रदान गर्दै रुपा रत्न पुरस्कार २०८० यसपटक गाउँपालिका भित्र कृषकहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले कृषि पेशामा उत्कृष्ट रहेका कृषकहरुलाई ५ हजार नगदसहित ताम्रपत्र र दोसल्लासहित सम्मान गर्ने जनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

